Logo
५ माघ २०८१, शनिबार
(October 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकीकृत गर्न आठ जिल्लामा कार्यदल : नेकपाले जनकपुरमा चियापान गर्ने

जनकपुधरधाम : नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा वडा दशैं, दिपावली र छठ पर्वको अवसरमा चियापान गर्ने भएको छ । आगामी कार्तिक ६ गते जनकपुर स्थित पार्टी कार्यालयमा हुने चियापान समारोह एवं प्रदेश कार्यालय उदघाटन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड लगायतका शीर्षनेताहरु उक्त कार्यक्रममा सामेल हुनेछन् ।

नेकपाको प्रदेश कमिटिले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी पार्टीले आयोजन गर्ने चियापान समारोह र पार्टी कार्यालय उदघाटनको विषयमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नेकपाका प्रदेश संयोजक प्रभु साहले पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीको सबै कमिटीहरु एकीकरण गर्न प्रदेश २ को ८ वटै जिल्लामा चारजनाका दरले कार्यदल गठन गरेको जानकारी दिए ।

कार्यदलले जिल्लामा रहेका अलग अलग पार्टी कार्यालयलाई एकीकृत गर्ने र अर्को व्यवस्थापन नहुञ्जेल नियमिति सञ्चालन गर्ने, दुवै पार्टीको नाममा वा स्वामित्वमा रहेका सम्पति एकीकृत गर्ने, दुवै पार्टीको सदस्यता वितरण र अभिलेखहरुलाई अध्यावधि गरी प्रदेश कार्यालयमा पठाउने लगायतको कामहरु गर्ने संयोजक साहले बताए ।

कार्यदललाई उक्त कार्य गर्न १५ दिनको समायाविधि तोकिएको जनाएको छ । पत्रकार सम्मेलनमा नेकपा प्रदेश २ का ईन्चार्ज तथा प्रदेश सांसद सत्यनारायण मण्डल, सचिव तथा राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेल, सह सचिव विश्वनाथ साह, प्रदेश सांसद रामचन्द्र मण्डल, किशोरी साह कमल लागतयको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Oct 8, 2018

प्रतिक्रिया दिनुहोस्