Logo
५ माघ २०८१, शनिबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राउत भन्छन् ‘संघीय सरकारको अवरोध भयो, प्रहरी र प्रशासन बिना प्रदेश चल्न सक्दैन’

जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रहरी र प्रशासन बिना सरकार चल्न नसक्ने बताएका छन् । ‘प्रहरी बिना सरकार चल्नै सक्दैन,’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश प्रहरी ऐन ल्याउन संघीय सरकारले अवरोध गरेको छ । प्रहरी बिना प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सकिँदैन । प्रदेश सरकार अब हात बाँधेर बस्दैन ।’

विपक्षी दलले बजेटमा संशोधनको माग गर्दै शुक्रबार प्रदेशसभा बैठक अबरुद्ध गरेपछि आइतबार प्रदेशसभामा राउतले सम्बोधन गर्दै बजेटमा रहेको त्रुटि सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रदेश सञ्चालन गर्न प्रहरी र करारमा कर्मचारी भर्ना गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘संघिय सरकारबाट कर्मचारी नआउँदा नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या छ ।’ प्रदेश प्रहरी र करारमा कर्मचारी भर्नाकालागि सांसदसँग मुख्यमन्त्री राउतले आग्रह समेत गरे । आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राउतले प्रदेश प्रहरी ऐनमा विलम्ब नगरी तत्काल पास गर्न सांसदसँग आग्रह गरे ।

 

 

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्