Logo
४ माघ २०८१, शुक्रबार
(October 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक वृद्धि गर्ने सरकारको निणर्य

काठमाडौं : मन्त्रिपरिषदको आजको बैठकले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २५ प्रतिशतले वृद्धि गर्ने गरि न्युनतम पारिश्रमिक निर्धारण गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब २४ हजार ३ सय भन्दा कममा पत्रकारलाई काममा लगाउन नपाइने भएको छ ।

यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुने बास्कोटाले जानकारी दिए । अनलाइन सञ्चार माध्यमले भने आफू राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन स्तरको सञ्चार संस्था हो भन्ने स्वघोषणा गर्नुपर्ने सरकारले जनाएको छ । सोही अनुसार ती संस्थामा पारिश्रमिक लागु हुनेछ ।

प्रकाशित मिति: Oct 7, 2018

प्रतिक्रिया दिनुहोस्