Logo
५ माघ २०८१, शनिबार
(October 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अध्यक्षद्वय ओली र प्रचण्डबीच झण्डै २ घण्टाको छलफलपछि नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आगामी आइतबार बस्ने भएको छ । पार्टी तथा सरकार सञ्चालनका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले असोज २१ गते आइतबारलाई सचिवालय बैठक बोलाएको हो ।

नेकपामा पछिल्लो समय पार्टी र सरकार सञ्चालनका विषयमा अध्यक्षद्धयले आफुखुसी निर्णय गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले चर्को असन्तुष्टि जनाउदै आएका छन् ।

खासगरी नेकपामा दोहोरो जिम्मेवारी नदिने भनिएपनि प्रदेश कमिटीको नेतृत्व चयन गर्दा आफु नजिकका नेताहरुलाई दोहोरो जिम्मेवारी दिएको भन्दै नेपालले विरोध गरेका छन् ।

शुक्रबार बिहान अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै २ घण्टाको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको महासचिव विष्णु पौडेलले रातोपाटीलाई बताए ।

गत साता दुवै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेपालले संसदमा सरकारको आलोचना गरेका थिए भने बाहिर आफु पक्षीय स्थायी समिति सदस्य भेला गरेर अध्यक्ष ओली र प्रचण्डको आलोचना गरेका थिए ।

 

प्रकाशित मिति: Oct 5, 2018

प्रतिक्रिया दिनुहोस्