नेपाली बजारमा अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च विन्दुमा, आजको भाउ कति ?
काठमाडौं : नेपाली बजारमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ ।
बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर शुक्रबार एक रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिक्रीदर छ ।