समाजमा भ्रम : लोकतन्त्रको अर्थ बहुमत कदापि होइन्
आज जब समाजमा भ्रम फैलिएको छ । तब यहां लोकतन्त्रलाई परिभाषित गर्न अति नै आवश्यक छ किन भने अहिले समाजमा लोकतंत्रको पृथक परिभाषा र बुझाइ छ । लोकतन्त्रको अर्थ बहुमत कदापि होइन् वास्तवमा लोकतन्त्रको सही अर्थ सबैको साझा र बहुमतसंग असहमत रहेको एक्लो अंतिम व्यक्ति वा वक्तालाई पनि त्यसभित्र स-सम्मान समान स्थान दिनु हो ।
अर्थात असहमतिलाई पनि सम्मानका साथ समान स्थान दिनु नै असलमा लोकतन्त्रलाई स्थापित गर्नु हो । अर्को शब्दमा भन्दा खेरि सत्तारुढ दल र तत्कालीन सरकारको कार्य मुल्यांकन गरी कमी-कमजोरी त्यसमा देखिएका विभेदकारी निर्णय र नीति नियम आदिको आलोचना खुल्स्त रुपमा बिना रोकटोक गर्न पाउनु नै लोकतंत्र हो ।
तर आज हाम्रो समाजमा कि बहुमतलाई नै लोकतंत्र भनेर बुझ्ने र अरुलाई बुझाउने गरिन्छ । तत्कालीन सरकार र सत्ता रुढ दलको गलत निर्णय र कार्यको विरोध गर्नेलाई विद्रोहीको संज्ञा दिइने गरिन्छ । जुन कि लोकतंत्रको खुला रुपमा पुर्ण हत्या गर्नु हो ।अहिले हाम्रो देश संघीय लोकतांत्रिक देश भइसकेको छ ।
जहां फरक मत यस संघीय लोकतांत्रिक देशको संंविधान जो कि ६०१ जना फरक मत ,फरक विचारधारा (राजनैतिक, सामाजिक, सांस्कृतिक र वैचारिक), भाषा, धर्म संस्कृति समुदायका सभासदहरुको सहमतिमा संविधानसभाबाट पारित गरियो । ६०१ एक जनाको यो समुह नै लोकतंत्रको पहिचान हो ।
जहां विविधतामा एकताको स्वर स्वरूप जनमतबाट स्थापित भइ संविधान लेखन कार्य सम्पन्न गरियो । यही संविधान र संविधानसभा सदस्यको उपस्थितिले नै दर्शाउंछ कि मतान्तर नै लोकतंत्रको वास्तविक परिभाषा हो । जसमा प्रष्ट उल्लेख गरिएकोछ कि नेपाल एक संघीय लोकतांत्रिक सारभौम सत्ता सम्पन्न राज्य हो ।
जहां नेपालका हरेक नागरिकलाई आफ्नो भेषभूषा ,भाषा, धर्म, संस्कृतिका साथ स्वतंत्रता पुर्वक बांच्न पाउने अधिकार हुनेछ ।यही नै लोकतंत्रको मूलमन्त्र हो । लोकतंत्रको परिभाषा काठमाडौंको सिंहदरबारभित्र बसेर तय गर्न त सकिन्छ तर साचि्चकै लोकतंत्रको परिभाषा बुझ्नुछ भने समुदायमा घुलमिल हुनुपर्छ अनि थाहा हुन्छ कि वास्तवमा लोकतंत्र स्थापित भएको छ वा छैन् ।
जब हामी लोकतंत्रको कुरा गर्छौं तब हामीले लोकतंत्रलाई बुझ्नु आवश्यक छ र लोकतंत्र बुझ्न काठमाडौंमा बसेर बुझ्न सकिदैन् । त्यसका लागि समाजमा फिजिनु पर्छ समाजभित्र आफुलाई अटाउनु पर्छ । लोकतंत्रलाई बुझ्न समाजको हरेक पहलु (परिवेश)को सुस्क्षम अध्ययन गर्नुपर्छ । अनि त्यहां थाहा पाउछौं हामीले कि वास्तवमा लोकतंत्र स्थापित भएको छ वा छैन् यदि छैन् भने कहां कमी कमजोरी छन् भनी पत्ता लगाइ ती कमी कमजोरी हटाउनु पर्छ ।
आज हामी संविधानको कुरा गरौं भने के त्यहां उल्लेख गरिएका कुरा समाजमा कायार्न्वयन र व्यवहारमा लागु छन् के ती उल्लिखित कुराको उपभोग जनताले पुर्ण रुपमा स्वतंत्रता पुर्वक गरिरहेकाछन् । जनताका जिवनमा ती कुरा देखिन्छ कि नाइ के जनता तत्कालीन सरकार र सत्ता रूढ दलका काम र निर्णयबाट सन्तुष्ट छन् हो लोकतंत्रमा यिनै कुरा महत्वपूर्ण छन् ।
लोकतंत्र हुनका लागि केही महत्वपूर्ण कुरा हुन जरुरी छन् । लोकतंत्रको मुख्य तीन इकाई हुन्छन् ती हुन् व्यक्ति , परिवार र समाज । जब सम्म व्यक्ति लोकतान्त्रिक हुदैंन् तब सम्म परिवार लोकतांत्रिक हुदैन् र व्यक्ति र परिवार लोकतांत्रिक नहुदां समाज लोकतांत्रिक हुनै सक्दैन् । समाजमा नै गरिन्छ राजनीति र जब समाज लोकतांत्रिक नभए राजनीति झन् लोकतांत्रिक हुदैन् ।
यसलाई यसरी बुझ्दा हुन्छ के तपाईहरुको परिवारमा छोराछोरीलाई आफ्नो जीवनसाथी छान्ने स्वतंत्रता छ ? के तपाईहरुको बच्चाले आफुले रोजेको स्कुल कलेजमा आफुले रोजेको साइड (faculty) बाट पढ्न सक्ने स्वतंत्रता छ ? के तपाईहरुले आफ्नो पत्नीलाई उसको इच्छा अनुसार पहिरन लाउन , सन्तान उत्पादन गर्न सन्तान बीच जन्मांतर गर्न र घरको रंगरोगन गर्न पेन्ट छनौट गर्न स्वतंत्रता दिनु भएको छ ? आदि ।
हो यदि यी कुरामा तपाई खुल्ला मन र विचार राख्नु भएको छैन् यदि तपाईहरु यी कुरामा संकुचित विचारधाराका मालिक हुनुहुन्छ भने तपाई लोकतांत्रिक होईन् । अब जब की आफु लोकतांत्रिक छैनौ भने परिवार समाज र राजनीति लोकतांत्रिक होस् भनी चाहनुहुन्छ भने गलत हुनुहुन्छ तपाई ।
लोकतंत्र कुनै सामग्री या व्यक्तिको नाम होईन् यो एक विचारधारा हो जसले सबैको समान पंहुच, समान सहभागिता, समान अधिकार समान स्वामित्वको कुरा गर्छ । लोकतंत्रले कुनै विशेष समुह, समाज ,परिवार ,विचारधारा र गिरोहको कुरा गर्दैन् यसले समाजवाद , साम्यवाद, पुंजीवाद एकाधिकारको अन्त्य गरी सबैको साझा र समान विकासको कुरा गर्छ ।
हुन त संसारमा ठुल्ठुला तानाशाहहरु जन्मेर आफ्नो मनपरी गरेर संसारमा निकै विध्वंस मचाए जस्तै हिटलर, सिकन्दर आदि । तर तिनीहरुको तानाशाही धेरै दिन टिकेन् संसार कै नियम हो हरेक तानाशाहको अन्त्य निश्चित हुन्छ । परिवर्तन नै संसारको नियम हो ।
यद्यपि विकास चाहनेहरु फरक राजनीतिक विचारधारा, फरक क्षेत्र, फरक धर्म, फरक समुदाय, फरक परिवेश र फरक मत भएर पनि संख्या, प्रतिशत वा परिमाण एकदमै कम वा न्यून भएपनि तिनका विचार ,सल्लाह र मांगहरुलाई पूर्ण रुपले बिना सर्त (सम्झौता) सम्बोधन गरी समान अस्वित्वको अनुभूति गर्न र गराउन सक्ने वातावरण निमार्ण गर्नु नै वास्तवमा लोकतंत्र स्थापित गर्नु हो ।
यसरी स्थापित गरिएको लोकतंत्रमा देशका सबै जनताले समान रुपले राज्यद्वारा प्रदान गरिने सेवा सुविधा पाइरहेकाछन् वा छैन्न् , स्कुल त खोलिए तर सबैले शिक्षा हासिल गर्न पाइरहेकाछन् वा छैन्न् शिक्षा हासिल मात्र नभइ समान र गुणस्तरीय शिक्षा व्यवस्था छ वा छैन् । सविंधानले स्वास्थ्य अधिकारको कुरा गरेछ के देशका हर क्षेत्र हर समुदायका व्यक्तिहरुले गुणस्तरीय स्वास्थ्य सुविधा पाईरहेकाछन् ।
सबै जातजाती समुदाय धर्मावलंबीहरुले आफ्नो मुल्यमान्यता कायम राख्न पाउने अधिकार त छ संविधानमा के व्यवहार र कायार्न्वयनमा पनि लागु छ । संचार क्षेत्र स्वतंत्र रहनेछ भनिए तापनि के वास्तवमा संचार क्षेत्र स्वतंत्रता पुर्वक काम गर्न पाईरहेकोछ र संचार जगत पुर्ण रुपले स्वतंत्र छ । के फरक विचारधाराका व्यक्ति वा समुहले स्वतंत्र रुपले बिना डर धाकधम्की आफ्ना विचार राख्न पाइरहेकाछन् ।
यदि यी कुरामा कही कतै कमीकमजोरी छ वा देखिएमा त्यो पुर्ण रुपमा लोकतांत्रिक शासन व्यवस्था हुदैंन् त्यो तानाशाही हो । किन भने मतान्तर (मतभेद) नै लोकतंत्रको परिभाषा हो । जहां संख्यात्मक रुपमा थौरे भएकाहरुको पनि समान र अर्थपुर्ण सहभागिता हुनु अति आवश्यक छ ।