Logo
२८ पुस २०८१, आईतबार
(October 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशी र थारु महिलाहरुले आज देशभर जितिया पर्व मनाउँदै, यस्तो छ परम्परा

काठमाडौं : मधेशी र थारु समुदायका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । विशेष गरी थारु, मैथिलीभासी र भोजपुरीभासी महिलाहरुले निकै महत्वका साथ मनाउने यो पर्व हिजोबाट शुरु भए पनि आज मुख्य दिनको रुपमा मनाइरहेका छन् ।

यो पर्वलाई तराई मधेशका तिज पनि भन्ने गरिएको छ । देशभरका मधेशी र थारु समुदायकी महिलाहरुका लागि पवित्र मानिने यो पर्व ३ दिनसम्म मनाउने गरिन्छ । आज बिहान सुर्य उदाउनु अघि नै नुहाइधुवाइ गरेर महिलाहरुले व्रत लिने गर्छन् ।

विशेष गरी आफ्नो सन्तानका लागि आमाहरुले यो पर्व मनाउँछन् । व्रत बस्नु अघिल्लो दिन हिजो भने व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाउने गर्छन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका थिए ।

त्यसैकारण त्यस दिनदेखि शालिवहानलाई जिमुत बहान नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

जितिया पर्वको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पनि जितिया पर्व मनाउने विशेष कार्यक्रम आयोजना गरिएको छ ।

काठमाण्डौ उपत्यका समेत तराईका विभिन्न जिल्लाहरुमा मधेशी तथा थारु समुदायका महिलाहरुले जितिया पर्व निकै धुमधामका साथ यो पर्व मनाइरहेका छन् । सन्तानको दीघार्यु र सुस्वास्थ्यको कामना तथा शिशुलाई मृत्युबाट जोगाउन यो पर्व मनाउने परम्परा छ ।

आश्विन कृष्णपक्षको सप्तमीदेखि सुरु हुने जितिया पर्व नवमीसम्म मनाउने गरिन्छ । उनीहरु जितियाँको अघिल्लो दिन नजिकको इनार, जलासयमा स्नान गरेर जितियाको सुरुवात गर्ने गर्दछन ।

मधेशी थारु समुदायका महिलाहरुले जितियाको अघिल्लो राति ओटघन (दर) खाई ब्रत बस्ने गर्दछन । उनीहरु आजका दिन पानी पनि नखाई दिनभर ब्रत बस्ने गर्दछन । ब्रत बसेको दिन उनीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका हुन्छन ।

विशेष गरी यो दिन उनीहरु जितमहानको कथा सुन्ने गर्दछन । जितिया पर्वमा जितमहानको कथा सुन्नलाई विवाहित महिलाहरु जाने गर्दछन ।

जितमहानले गुफा भित्र छिर्ने र निस्कने खेलमा आफ्नो बुवाको नाम थाहा नपाउदा साथीहरुसँग पराजित भएर बुवालाई भेटन जाँदा सुर्य देवता साक्षात्कार भइ वरदान दिएको धार्मिक कथन रहेको छ ।

प्रकाशित मिति: Oct 2, 2018

प्रतिक्रिया दिनुहोस्