Logo
११ मंसिर २०८१, मंगलबार
(October 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निगमलाई पाक्षिक ६५ करोड घाटाबीच आइओसीले फेरी बढाएर पठायो पेट्रोलको मूल्य

काठमाडौं : भारतीय आयल क्रपोरेसन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएर पठाएको छ । प्रत्येक १५ दिनमा मूल्य समायोजना गरेर पठाउने गरेकोमा आगामी १५ दिनको लागि पून बढाएर पठाएको हो । नेपाल आयल आयल निमगले पछिल्लो पटक मूल्य बढाएपछि त्यसको विरोध भइरहँदा पेट्रोलियम पदार्थको बिक्री वितरणमा एकाधिकार पाएको निमगलाई आइओसीले पुन मूल्य बढाएर पठाएको हो ।

निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले अक्टोबर एक अर्थात (आज) देखि लागुहुनेगरी नयाँ मूल्य आएको बताएको छ । आइओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गरेर पठाउने गरेको छ । अहिले मूल्य वृद्धि गरेर पठाएको सूची अनुसार नेपाल आयल निगम १५ दिनमा ६४ करोड ७५ लाख रुपैयाँ थप भार पर्ने अर्थात अहिलेको मूल्यमा विक्री गरिएमा यो रकम घाटा लाग्ने आयल निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्यमा पाँच रुपैयाँ ४५ पैसा र डिजेलको मूल्यमा ४ रुपैयाँ ४३ पैसा घाटा रहेको आयलनिगमले जनाएको छ। त्यस्तै खाना पकाउँने एलपी ग्यासमा ४०४ रुपैयाँ ७३ पैसा घाटा लागेको जनाएको छ । मट्टितेल र हवाइ इन्धनमा निगमलाई नाफा रहेको छ। निगमलाई ग्यासबाट ठूलो घाटा लाग्ने गरेकोमा मूल्य समायोजन कोषबाट यो रकम पूर्ति गर्दै आएको छ ।

आयलनिगमका अनुसार समायोजन गरेर आएको मूल्यपछि पनि भारतीय बजार र नेपाली बजारमा मूल्यमा ठूलो अन्तर रहेको छ पेट्रोलमा नेपाल तर्फ ३१ रुपैयाँ ७५ पैसा र डिजेलमा ३१ रुपैयाँ १६ पैसा सस्तो रहेको छ ।

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्