Logo
११ मंसिर २०८१, मंगलबार
(October 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करसम्बन्धि अराजकता फैलाउनेलाई कारबाही गर्ने कार्यबाहक प्रधानमन्त्रीको चेतावनी

काठमाडौं : कार्यबाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले करसम्बन्धि अराजकता फैलाउनेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने स्पष्ट पारे ।

कार्यबाहक प्रधानमन्त्री पोखरेलले दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रन पनि निजी क्षेत्रका व्यवसायीहरुलाई आह्वान गरे ।सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औं वार्षिक साधारण सभा सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान नलागेकाले कर सम्बन्धि अराजकता देखिएको उल्लेख गर्दै ती समस्या छिट्टै समाधान गर्ने आश्वासन पनि दिए ।

पोखरेलले करसम्बन्धि सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले व्यवसायीहरु करको मारमा परेको भन्दै सरकारसँग गुनासो गरिन् । उनले स्थानीय र प्रदेश सरकारले दोहोरो करको मारमा पारेपछि व्यवसायीहरु आतंकित हुनु परेको स्पष्ट पारिन् ।

महासंघले करको दायरा बढाउन तर दोहोरो करको मारमा नपार्न सरकारलाई दवाव दिँदै आएको छ ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९औँ वार्षिक साधारणसभाको उदघाटन गर्दै । तस्वीर : रोशन सापकोटा

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्