Logo
३ माघ २०८१, बिहीबार
(October 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोस्टारिकाबाट ओलीले पिएचडीको उपाधी थाप्दै, चीनबाट माधवले प्रोफेसरको उपाधि थाप्ने

काठमाडौँ : प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधब नेपाललाई विदेशी विश्व विद्यालयहरुले प्राज्ञिक उपाधिले सम्मान गर्ने भएका छन् । यसका दागि ओली कोस्टारिका पुगेका छन् भने नेपाल चीन जाँदैछन् ।  कोस्टारिकामा ओली विद्यावारिधिको उपाधिबाट सम्मानित हुन् लागेका हुन् भने नेपालचाहिँ प्रोफेसरको उपाधिबाट चीनबाट पाउने भएका हुन् ।

संयुक्त राष्ट्रसंघको ७३ औँ महासभालाई सम्बोधन गर्न न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली त्यतैबाट ल्याटिन अमेरिकी राष्ट्र कोष्टारिका पुगेका छन् । ओलीको कोष्टारिका भ्रमणको मुख्य उद्देश्य चाहिँ युनिभर्सिटी अफ पिसले प्रदान गर्ने ‘मानार्थ विद्यावारिधि’ ग्रहणका लागि हो ।

उता नेपाल चाहिँ आइतबार साँझ चीनको चीनको हुवेई प्रान्ततर्फ उडेका छन्। अघिल्लो हप्तामात्र घानाको भ्रमणबाट फर्केका नेता नेपाल चीनतर्फ जानुको कारण चाहिँ सो प्रान्तमा रहेको चाइना थ्री गोर्जेज युनिभर्सिटीले प्रदान गर्ने ‘मानार्थ प्रोफेसर’ उपाधिका लागि भएको बताइएको छ ।

प्रकाशित मिति: Oct 1, 2018

प्रतिक्रिया दिनुहोस्