पार्टी अहिले विधान संशोधनमा जुटेको छ : उपसभापति निधि
घोराही : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन् ।
पे्रस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनको लागि सुझाव सङ्कलनमा जुटेको बताए ।सङ्घीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुँदा अहिले पार्टीको सबै शक्ति त्यततर्फ लागेको उनको भनाइ थियो ।
काङ्गे्रस ऐतिहासिक पार्टी भएको हुँदा लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने हुदाँ आफूले सो कामलाई जोडदार रुपमा अगाडि बढाएको दाबी गरेका छन्। उनले विधान अनुसार नै पार्टीले आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडि बढाउने जानकारी दिए ।
नेता निधिले कम्युनिष्ट सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाए । ‘विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न सकेको छैन,’ निधिको आरोप थियो ।