Logo
४ माघ २०८१, शुक्रबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म राम्रोसँग नेपाली बोल्न सक्छु, ‘तर पहिचान र मान्यताका लागि हिन्दी बोलेको हुँ : राजेन्द्र महतो

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले हिन्दी बाेल्दा अाफूले अालाेचना खेप्नु परेकाे बताउनुभएको छ ।

‘म राम्रोसँग नेपाली बोल्न सक्छु’ उहाँले भन्नुभयाे, ‘तर पहिचान र मान्यताका लागि हिन्दी बोलेको हुँ । जबसम्म हिन्दीले मान्यता पाउँदैन तबसम्म बोलिरहन्छु ।’ जनताले मत दिएको रेशम चौधरीलाई सरकारले जनप्रतिनिधि नस्वीकारेकाेमा महतोले आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाकाे बिहिबारकाे बैठकमा पूर्वमन्त्री महतोले हिन्दी बाेल्दा सामाजिक सञ्जालमा गाली गर्नेहरुलाई खोक्रो राष्टवादकाे संज्ञा दिनुभयाे । नेता महतोले मधेसी र नेपाली समुदायबीचकाे सम्पर्क भाषा हिन्दी भएको दाबी गर्नुभयाे ।

महतोले टीकापुर घटनालार्इ माअाेवादीले संचालन गरेकाे सशस्त्रयुद्ध र ६२/६३ को जनआन्दोलनसँग तुलना गर्दै चौधरीलाई सांसदको प्रमाणपत्र दिनुपर्नेमा बताउनुभयाे ।

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्