Logo
४ माघ २०८१, शुक्रबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रियसभामा प्रशासकीय अदालतसम्बन्धी विधेयक पारित

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७बmउस५ लाई पारित गरियोस भन्ने प्रस्ताव स्वीकृत गर्दै सदस्यहरु । तस्वीर : रत्न श्रेष्ठ
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गर्नुपर्ने शान्ति विश्वविद्यालय स्थापना गर्ने सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरियोस भन्ने प्रस्ताव उहाँको अनुपस्थितिका कारण गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्दै । तस्वी : रत्न श्रेष्ठ

काठमाडौँ : राष्ट्रियसभा बैठकबाट प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ बहुमतले पारित भएको छ ।राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयक पारित गरेको हो ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मिलन गर्नेसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

प्रस्तावलाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरियोस् भन्ने प्रस्ताव पारित भएको हो । बैठकमा राष्ट्रियसभाका सचिव तोकेका सचिवालय सचिव डा भरतराज गौतमले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राहदानी विधेयक, २०७५’ लाई टेबुल गरेका थिए ।

सभामा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८४ को उपनियम १० बमोजिम सांसद रामप्रीत पासवानको बैठकमा अनुपस्थितिको सूचनालाई स्वीकृतिका लागि सदनसमक्ष प्रस्ताव प्रस्तुत गरेका थिए। सो प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृतसमेत गरेको छ ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सहभागी मन्त्री तथा सदस्यहरु । तस्वीर : रत्न श्रेष्ठ

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्