Logo
२३ भाद्र २०८१, आईतबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै उत्खनन रोक्न स्थानीयवासीको माग

उर्लाबारी / जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् ।
अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै स्थानीयवासीले उत्खनन रोक्न माग गरेका हुन् ।

स्थानीयवासीले मोहनप्रसाद भण्डारीको संयोजकत्वमा मावा खोला उत्खनन नियन्त्रण संयुक्त समिति नै निर्माण गरेर जथाभावी भइरहेको उत्खनन रोक्न माग गरेका हुन् । सो समितिले उर्लाबारी नगरपालिका–६ का साथै सीमामा रहेको झापाको दमक नगरपालिका–३ र ४ वडा कार्यालय तथा उर्लाबारी नगरकार्यपालिका र दमक नगर कार्यपालिकामा पनि जथाभावी रुपमा भइरहेको खोला उत्खनन रोक्न माग गरेता पनि चासो नदिएको संयोजक भण्डारीले गुनासो गर्नुभयो ।

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्