Logo
९ मंसिर २०८१, आईतबार
(September 27, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ७ मा राजधानी विवादवीच आन्दोलन थप चर्कियो, धनगढीमा आमहड्ताल

धनगढी : प्रदेश ७ को राजधानी अन्यत्रै सार्ने तयारी भइरहेको बेला त्यस विरुद्ध आन्दोन थप चर्किएको छ । धनगढीबाट कैलालीको गोदावरी नगरपालिका, ४ तेघरी सार्न खोजिएको विरोधमा बिहिबार धनगढी बन्द गरिएको छ ।

राजधानी नसार्न दबाब दिदै धनगढीबासिले बिहिबार एक दिनका लागि आमहड्ताल गरेका हुन् । उनीहरुले अस्थायी राजधानीका लागि धनगढीमा करोडौ रुपैयाँ खर्च भइसकेको बताउदै जङगल मासेर गोदावरीमा राजधानी नबनाउन आग्रह गरेका छन् ।

बन्दलाई मध्यनजर गर्दै बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । जसका कारण यहाँको जनजीवन प्रभावित भएको छ । बन्दका कारण शैक्षिक सस्था, यातायात, कलकारखाना, बजार ठप्प छन् ।

धनगढी बजारमा अटो सिक्सा समेत चलेका छैनन् । बन्दकर्ताहरु बजारमा खुल्ला रहेका पसल र अटो रिक्सा बन्द गराउन लागिरहेका छन् ।

 

प्रकाशित मिति: Sep 27, 2018

प्रतिक्रिया दिनुहोस्