Logo
४ माघ २०८१, शुक्रबार
(September 26, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै संसदमै मागियो गृहमन्त्रीको राजीनामा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ । कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भइरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेको प्रति पनि गम्भीर आपत्ती जनाएको छ ।

मुलुकभर श्रृंखलाबद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गइरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो । प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिकी हुन् ।

उनले भनिन्, ‘यो सरकारले हत्या हिंसाका श्रृंखलालाई रोक्न सकेको छैन। म निवेदन गर्न चाहन्छु । यति धेरै हत्या हिंसाका घटनाहरू र महिला अस्मितामाथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भइसकेको छ ।’

एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दिन प्रतिदिन हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारबाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ती जनाइन् । उनले भनिन, ‘विडम्बना छ। यो सरकार। यो शासनकालमा अपराधीले न त कानुनसँग डरायो न सरकारसँग डरायो ।’

उनले हिंसा नियन्त्रणमा प्रतिपक्षी दलले सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताइन् । उनले महिलाहिंसाका घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । उनले महिला विरुद्धका हिंसा र अस्मितामा प्रश्न चिन्ह खडा भएको बताउँदै भनिन्, ‘सरकारले अपराधीलाई समातोस् ।

प्रकाशित मिति: Sep 26, 2018

प्रतिक्रिया दिनुहोस्