निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिन सकिदैन : डा. रिजाल
काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले निर्वाचनको मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिन नसकिने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता रिजालले निर्वाचन सम्पन्न गराउने सरकार तर, मिति घोषणा गर्ने निर्वाचन आयोग हुनै नसक्ने दाबी गरे ।
निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै मिति घोषणा गर्ने कानुनी व्यवस्था उचित रहेको नेता रिजालका भनाई छ ।