Logo
४ माघ २०८१, शुक्रबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइतबार महिला संघले मुलुकभरका जिल्ला प्रशासन कार्यालय घेर्ने

काठमाडौँ : नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज ७ गते (भोलि) देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

शनिबार रिपोर्टर्स क्लब नेपालमा संघले पत्रकार सम्मेलन गरेर आजका मितिसम्मपनि सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कानुनी कठघरामा उभ्याउन नसक्नु दुःखद् भएको टिप्पणी गरेको छ ।

संघकी अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य उमा रेग्मीले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाईन्।

उनले भनिन्,‘आज यत्तिका दिन भैसक्यो, तर सरकारले निर्मला हत्याका वास्तविक दोषीलाई सार्वजनिक गर्न सकेको छैन् । दोषी सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको छ ।

यो घट्ना यतिकै डिसमिस हुने खतरा देखिएकोले हामीले भोलि आइतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा यीनै व्यतिथिकाविरुद्ध विरोध र्याली गर्ने र प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र लेखि ¥यालीसहित सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेका छौं ।’

कञ्चनपुर घट्नामा प्रहरी प्रशासनको भूमिका र क्षमतामाथि नै ठूलो प्रश्न उठेको उनको आरोप छ । रेग्मीले भनिन्,‘अब प्रहरीले राम्रो छबि बनाउनको लागि पनि वास्तविक अपराधीलाई पत्ता लगाई काुननी कठघरामा उभ्याउनुपर्छ ।’

मुलुकमा ‘ल एण्ड अर्डर’ कायम राख्न नसक्ने सरकारको औचित्य नहुने भन्दै संसदबाटै आफूले गृहमन्त्रीको राजीनामा मागिसकेको रेग्मीले जनाइन् ।

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्