Logo
३ माघ २०८१, बिहीबार
(September 22, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशलाई नियन्त्रणमा लिन नेपाल-भारतबीचको खुल्ला सिमामा तारजाली

राजविराज : नेपाल–भारतबीचको खुल्ला सिमा क्षेत्रमा तार जाली लगाउने योजना मधेशलाई नियन्त्रणमा लिने सरकारी षडयन्त्र भएको एक कार्यक्रमका वक्ताहरुले आरोप लगाएका छिन् ।

सिमामा परिचय पत्र लागु गर्ने र खुल्ला सिमामा तार जाली लगाउने सरकारी तयारीबारे स्थानीय स्तरमा दुबै देशका नागरिक अगुवा विच शुक्रवार वहस चलाईएको हो । नेपाल–भारत खुल्ला सिमा सम्वाद समुहले शुक्रवार राजविराजमा दुवै देशका नागरिक अगुवाको भेला गरिएको हो । यसअघि दुवै देशका उच्च अधिकारीबीच समेत यस विषयमा छलफल चलिरहेको छ ।

नेपाल भारत सिमा क्षेत्रमा देशभरी नै यस्तो संवाद चलाउने तयरी योजना अन्तरगत शुक्रवार राजबिराजमा कार्यक्रमको आयोजना गरिएको सिमा सम्वाद समुहका सदस्य अनिल महासेठले बताए । उनले कार्यक्रमा विषय प्रवेस समेत गराएका थिए । शुक्रवार कार्यक्रमको सञ्चालन भने नेपाल भारत युवा मैत्रि संघका जिल्ला अध्यक्ष किशोर कुमार यादव केसीले गरेका थिए ।

भेलामा सहभागि वक्ताहरुले सीमा क्षेत्रमा तार जाली लगाउने र परिचय पत्र लागु गर्ने विषय सदियौंदेखि कायम रहेको नेपाल–भारतको सुमधुर सम्वन्धमा चिसोपना आउन सक्ने दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले नेपाल–भारत सम्वन्ध वहुआयामिक रहेको चर्चा गर्दै सिमा क्षेत्रमा तारजाली वा परिचय-पत्र लागु गरेर समस्या झन वल्झिने जिकिर गरे । उनले ब्यवहारिक धरातल र रियालीटि–वेमा नेपाल भारत सम्वन्ध अगाडि वढ्नु पर्नेमा जोड दिए ।

राजनीतिक विश्लेषक प्रा. अमरकान्त झाले नेपाल र भारतका ४/५ जना केहि प्रवुद्ध भनाउँदाहरुले काठमाण्डौमा वसेर गरेको निर्णय अमान्य हुने बताए । सीमा क्षेत्रमा तारजाली लगाउने र परिचय पत्र लागु गरेर मधेशविरुद्ध सरकार षडयन्त्रमा लागेको चर्चा गर्दै यस विरुद्ध मधेशका मात्र होईन भारतका जनता समेत मिलेर आवाज उठाउनु पर्नेमा जोड दिए ।

इतिहास विद डा.पिताम्वरलाल यादवले वर्तमान परिवेशमा सिमा क्षेत्रमा तार जाली लगाउने वा परिचय पत्र लागु गर्ने दुवै कुरा दुवै देशका नागरीकको हितमा नरहेको जिकिर गर्दै अपराध नियन्त्रण र सुरक्षाका लागि सिमा क्षेत्रमा सुरक्षा मजवुत र निगरानी वढाए सवै समस्याको समाधान हुने वताए ।

भारतको निर्मली प्रखण्डका प्रमुख अरविन्द गुप्ताले सिमा क्षेत्रमा मानव तस्करी, हातहतियार कारोवार, लागु औषध मदिराको ओसार पसार, चोरी तस्करी र अपहरण जस्ता घट्ना रोक्न तारजाली वा परिचय पत्रको सट्टा दुवै देशका सुरक्षा निकाय मिलेर संयुक्त गस्ति र निगरानी गर्दा उपयुक्त हुने सुझाव दिए ।

नेपाल–भारत खुला सिमा सम्वाद समुहका संयोजक राजिव झाकाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजपाका केन्द्रिय सहमहासचिव गजेन्द्र मण्डल, सम्वाद समुहका सदस्यहरु महासेठ, र डा.शरतसिंह यादव, प्रदेशसभा सदस्यहरु विकेश्वर यादव, नेत्रविक्रम साह, वरिष्ठ पत्रकार शिवहरीप्रसाद भट्टराई, पत्रकार दिनानाथ यादव लगायतले आ-आफना तर्क राखेका थिए ।

त्यसैगरी राजपाका केन्द्रिय सदस्य द्वय दिनेश यादव, अमरनाथ मण्डल, नेपाली कांग्रेसका मो. ईर्साद अन्सारी, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु यादव, भारतको कुनौली ग्रामपञ्चायतका प्रमुख सत्यनारायण रजक, लगायतले पनि वोल्दै वर्तमान परिवेशमा सिमाक्षेत्रमा तारजाली र परिचय पत्र लागु गर्नुको सट्टा दुवै मुलुकको विकास, समृद्धि र सुरक्षाका लागि सिमा क्षेत्रमा संयुक्त गस्ति र उच्च सतर्कता अपनाउनु पर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति: Sep 22, 2018

प्रतिक्रिया दिनुहोस्