Logo
४ माघ २०८१, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको पुरै जिम्मा प्रचण्डलाई

काठमाडौँ : एमाले माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा दई जना अध्यक्ष भएपनि अब भने पार्टीको पुरै जिम्मा पुष्पकमल दाहाल प्रचण्डले पाएका छन् । प्रधानमन्त्री तथा पार्टीको अर्को अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन देश बाहिर रहने अवधीसम्म उनको पनि पार्टीगत जिम्मेवारी प्रचण्डले नै निभाउने भएका हुन् ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते भोलि अर्थात (शनिबार) प्रधानमन्त्री ओली न्युयोर्कतर्फ प्रस्थान गर्दै छन् । उक्त अवधी सम्मका लागि ओलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई आफ्नोपनि सबै जिम्मेवारी दिएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले पार्टीको जिम्मा अध्यक्ष प्रचण्डलाई, सरकारको कार्यवाहक प्रधानमन्त्री उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई र संसदीय दलको नेता सुवासचन्द्र नेम्बाङलाई जिम्मा दिएको छ ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि भ्रमणमा जानेछिन् । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने ९संस्था० बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्