Logo
४ माघ २०८१, शुक्रबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जिम्मेवारी बाँडफाँट : यी हुन् नेकपाको प्रदेश इन्चार्ज र अध्यक्ष (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकमा शीर्ष नेताहरु । तस्वीर : प्रदीपराज वन्त

काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले सात प्रदेशका अध्यक्ष र सचिव तथा इन्चार्ज र सह-इन्चार्ज तोकेको छ । शुक्रबार विहान बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो । सचिवालय बैठक पुर्व नेकपा र माओवादीका नेताहरुलाई मिलाएर उक्त सुचि तयार पारेका हुन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनसार सचिवालय बैठकले प्रदेश इन्चार्ज,सहइन्चार्ज,प्रदेश कमिटीका अध्यक्ष र सचिबको निम्न अनुसारको जिम्मेवारी बाँडफाँड गरेको छ ।

हेर्नुस् नामावली सूची : 

प्रदेश १

इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सहइन्चार्जः साबित्रीकुमार काˆले
सचिवः सुरेश बहादुर राई

प्रदेश २

इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सहइन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षः हितमान शाक्य
सहइन्चार्जः नारायण दाहाल
सचिवः आनन्द पोख्रेल

गण्डकी प्रदेश

इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सहइन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली

प्रदेश ५

इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सहइन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सहइन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सहइन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः नेप चौधरी

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्