Logo
२ मंसिर २०८१, आईतबार
(September 21, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विकास समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्वाचित

काठमाडौँ : प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित भएकी छिन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो ।

खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक र समर्थकमा इन्दुकुमारी शर्मा रहेका थिए । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासहित समितिका सदस्यहरुले सरकार र समाजलाई स्पष्ट मार्गनिर्देश गर्ने समितिको सभापतिमा चयन भएकोमा श्रीमती खड्कालाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यकाल सफलताको लागि कामना गरेका छन् ।

त्यसैबीच राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सांसद कृष्ण गोपाल श्रेष्ठ प्रस्तावक र रेखा शर्मा समर्थक रहेको श्रेष्ठलाई निर्वाचित गरियोस् भन्ने सूचनालाई बैठकले सर्वसम्मतरुपमा अनुमोदन गरेको थियो । सभापतिमा श्रेष्ठ निर्विरोध भएपछि समितिका सदस्यहरुले उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Sep 21, 2018

प्रतिक्रिया दिनुहोस्