Logo
४ माघ २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी जनता संविधान संशोधन चाहन्छन् फोरम र राजपाले दोहोरो चरित्र देखाए : निधि

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मधेस केन्द्रित दल राजपा र संघीय समाजवादी फोरमले संविधान संशोधनमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

पार्टी कार्यालयमा संविधान जारी भएको तीन वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलनमा निधिले राजपा र फोरमकै मागअनुसार संविधान संशोधन गर्न कांग्रेस अझै प्रतिबद्ध रहे पनि उनीहरुले ओझेलमा पारेको बताएका हुन् ।

निधिले अहिलेको सरकारमा सहभागी र समर्थन दिएका फोरम र राजपाले संशोधनको विषय बिर्सेको उल्लेख गरे । चुनावअघि संशोधनका पक्षमा चर्को आवाज उठाउने दुई दलले अहिले चर्चासमेत गर्न छाडेर दोहोरो चरित्र देखाएको निधिको भनाइ थियो । ‘मधेसी जनता संविधान संशोधन चाहन्छन् । फोरम र राजपाले दोहोरो चरित्र देखाएर जनतालाई ढाँटे,’ उपसभापति निधिले भने ।

कांग्रेस संविधान संशोधनका लागि बिना शर्त सहयोग गर्न तयार रहे पनि सत्ता पक्षले संशोधनको विषयलाई झारा टार्ने हिसाबले लिएको उनको भनाइ थियो । संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने राजपाको कामलाई निधिले औचित्यहीनको संज्ञा दिए ।

उनले भने, ‘संविधान अनुसार भएको चुनावमा भाग लिएर कालो दिनका रुपमा मनाउनुको औचित्य के ? यो गलत र दोहोरो चरित्र हो।’ कांग्रेसले संविधान कार्यान्वयनमा सरकार गम्भीर नभएको र संघीयतालाई असफल बनाउन लागि परेको आरोप लागेको छ

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्