Logo
४ माघ २०८१, शुक्रबार
(September 19, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघीयतालाई अलोकप्रीय बनाउने डिजाइनलाई सरकारले पुर्‍याएको छ : नेपाली कांग्रेस

फाइल तस्विर

काठमाडौं : संविधान दिवसको दिन नेपाली कांग्रेसले सरकारको कडा आलोचना गरेको छ । संविधान दिवसको अवसरमा बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो भन्दै ११ बुँदामा सरकारको आलोचना गरेको हो ।संघीयतासहितको संविधान बनेर तीन तहका सरकार गठन भएपनि केन्द्रीय सरकारको इच्छाशक्ति र क्षमता प्रस्तुत गर्न नसकेको र प्रदेश र केन्द्रबीचको द्वन्द्व सार्वजनिक हुँदा संघीयताप्रति नकरात्मक प्रभाव परेको कांग्रेसको तर्क छ ।

कर्णाली र गण्डकी प्रदेश बाहेक अन्य पाँचवटा प्रदेशको नामाकरण र राजधानीको टुंगो नलागेको र त्यसप्रति गम्भीरतापूर्वक विषय प्रबेश नै नगराइएको कांग्रेसको आरोप छ । सरकार संविधान पालना र संविधानप्रति अपनत्व विस्तारमा चुकेको, कांग्रेसको आरोप छ । यस्तै संविधान अनुरुप लोकतान्त्रिक चरित्र नभएको, शान्ति सुरक्षा कायम गर्न नसकेको कांग्रेसले बताएको छ ।

पार्टी कार्यालय सानेपामा अायोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको आधार अधुरै रहेको बताए । सरकारकै कमजोरीका कारण संविधान दिवसको अवसरमा कतै कालो दिवससमेत मनाएका दृश्य देखिएको प्रवक्ता शर्माले बताए । पत्रकार सम्मेलनमा शर्माले ११ बुँदै प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरकारको कामले संघीयतालाई अलोकप्रिय बनाउन सहयोग गरेको आरोप लगाए ।

‘ राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग निर्माणमा संघीय सरकारले ढिलाइ गरेका कारण जथाभावी कर निर्धारणको स्वन्छन्दताले अन्तत संघीयतालाई अलोकप्रीय बनाउने डिजाइनलाई बल पुगेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: Sep 19, 2018

प्रतिक्रिया दिनुहोस्