Logo
४ माघ २०८१, शुक्रबार
(September 18, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशोधनको लागि सरकारले बिल ल्यायो भने संसद पारित गर्न तयार

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले संविधानमा भएका त्रुटीहरु सच्याउनको लागि आफूहरु तयार रहेको स्पष्ट पारेका छन् । उनले भने,‘संविधानमा त्रुटीहरु छन् । दुनियाँमा त्रुटीरहित संविधान कहीँपनि छैन् । तर, अहिले संविधानप्रति असहमतिका ग्राफ धेरै सानो अंशमा छ।’

नेता तामाङले अहिले संविधान संशोधन गर्ने बुँदाहरु कम भएको बताए । उनले भने,‘भएका असहमतिका बुँदाहरुपनि हामी सहमतिमै हल गर्छौं । कालो दिवस हो भन्नेबाट साथीहरु अहिले होईन भन्नेमा आउनुभएको छ।’ उनले संविधान संशोधनको विषयलाई फेरी आन्दोलन बनाएर अघि बढ्न नहुने बताउँदै भने,‘फेरी यही विषयलाई आन्दोलन बनाएर अघि बढ्यौं भने संघीय लोकतान्त्रिक गणतन्त्रलाई झनै कमजोर बनाउँछ । त्यसैले सहमतिमार्फत अघि बढ्नुपर्छ ।’

संविधान अकाट्य नभएकोले केही प्रावधानहरुमा असहमति छ भने संशोधन गरेर अघि बढ्न यो सरकार सँधै तयार रहेको उनको भनाई थियो । उनले भने,‘सरकारले संशोधनको लागि बिल ल्यायो भने, अहिले त सत्तामा फोरमपनि छ, फोरमबाट सरकारमा उपप्रधानमन्त्री हुनुहुन्छ । संशोधनको लागि विद्येयक ल्याउने दायित्व उहाँको पनि हो, यदि प्रस्ताव आयो भने हेरेर पारित गर्न संसद तयार छ ।’

फरक प्रसँगमा उनले भोलि मनाउने संविधान दिवसमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीले पनि मनाउने स्पष्ट पारे । उनले भने,‘अहिले म मध्यान्हमा यो कुरा बोल्दैछु । भोली उहाँले संविधान दिवस मनाउनुहुन्छ ।’

प्रकाशित मिति: Sep 18, 2018

प्रतिक्रिया दिनुहोस्