Logo
५ मंसिर २०८१, बुधबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपराधी जसरी पनि पत्ता लाग्छन्,अब तपाईहरू घर जानुस् : प्रधामन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा निर्मला हत्याकाण्डका अपरधीले उन्मुक्ति नपाउने बताएका छन् । सोमबार बालुवाटार पुगेका निर्मालाका आमाबुवा र कञ्चनपुरका सांसद, अधिकारकर्मीसँग ओलीले निर्मला हत्याकाण्डका अपराधीलाई कुनै पनि हालतमा सजाय दिइने बताए छन

प्रधानमन्त्री ओलीसँग निर्मलाका आमाबुवाले भावुक हुँदै आफ्नी छोरीको हत्यारा पत्ता लगाउन गम्भीर हुन आग्रह गरेका थिए । ‘यो हरेक नेपाली चेलीको समस्या भएको र ‘यसको जडसम्म पुगेर कारवाही हुनुपर्ने निर्मलाकी आमाले बताइनन् ।

उत्तरमा प्रधामन्त्री ओलीले अब कुनै पनि हालतमा अपराधीले उन्मुक्ति नपाउने भन्दै भने, ‘अपराधी जसरी पनि पत्ता लाग्छन्, अब तपाईहरू घर जानुस्, हामी अपराधीलाई पक्राउ गर्छौं ।’

प्रधानमन्त्री ओलीले अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानको प्रक्रियामा ढिलोचाडो हुने बताएका छन । आफूले गृहमन्त्रीलाई आवश्यक निर्देशन दिइसकेको भन्दै प्रधानमन्त्रीले अपराधी पक्राउ पर्नेमा आफू विश्वस्त रहेको बताएका छन ।

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्