Logo
४ माघ २०८१, शुक्रबार
(September 17, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमको केन्द्र भन्छ ‘संविधान विरोधी कुनै कार्यक्रम छैन’, प्रदेश भन्छ ‘कालो दिवस मनाउने’

काठमाडौ : संघीय समाजवादी फोरम नेपालले संविधान दिवसको अवसरमा कुनै पनि विरोधका कार्यक्रम नगर्ने स्पष्ट पारेको छ । मधेशमा कालोदिवस मनाउने चर्चा भइरहेको बेला फोरमले विज्ञप्ती नै जारी गर्दै आफ्ना नेताक कार्यकर्ता समेत सबैमा स्पष्ट पारेको हो ।फोरमका उपसचिव तथा कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ती जारी गर्दै फोरमले संविधान विरोधी कुनैपनि कार्यक्र नगर्ने प्रष्ट पारेको हो ।

सविधान संशोधन गर्ने सर्तमा सरकारमा सहभागी भएको फोरम नेपालले संविधान विरोधी कार्यक्रम गर्ने आधिकारीक कुनै पनि निर्णय नगरेको विज्ञप्तीमा उल्लेख छ । यद्यपी, केन्द्र सरकारलाई विश्वासको मत दिएको राजपा नेपालले देशैभरि त्यो दिन विरोधका कार्यक्रम गर्ने भएको छ । त्यसका लागि कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

उता, फोरम नेपालका मधेश प्रदेश समितिले पनि एक विज्ञप्ति जारी गर्दै प्रदेश २ का जनप्रतिनिधिलाई सविधान दिवसको अवसरमा हुने कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । फोरम नेपाल प्रदेश २ का अध्यक्ष रेणु यादवले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालबाट प्रतिनिधित्व गर्ने यस प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन आग्रह गरेकी छन् । संविधान दिवसका दिन फोरम नेपालले विरोधका कार्यक्रम समेत गर्ने भएको छ ।

दिनभरी हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउने र साँझ ७.०० बजेदेखि ७.१५ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय पार्टीले गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मधेसमा क्रियाशील अर्को पार्टी राजपाले पनि सोही समयमा ब्ल्याक आउट गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

संविधान संशोधन गरी मधेशलगायत उपेक्षित सबै समुदायको माग पूरा गर्ने भनी सरकारले गरेको प्रतिवद्धतापछि संघीय समाजवादी फोरम नेपाल पनि निर्वाचन र सरकारमा सहभागी भए पनि अहिलेसम्म प्रतिवद्धता पूरा नभएको विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रद्वारा जारी विज्ञप्ती : 

 

प्रदेश समितिले जारी गरेको विज्ञप्ति : 

 

 

प्रकाशित मिति: Sep 17, 2018

प्रतिक्रिया दिनुहोस्