Logo
११ मंसिर २०८१, मंगलबार
(September 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बहुराष्ट्रिय कम्पनी युनिलिभरलाई कारवाही : कारोवार रोक्का, २४ घण्टे अल्टिमेटम

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडलाई कारवाही गरेको छ । कम्पनीले नियमविपरितरुमा लाभांस बितरण सम्वन्धी सुचना सार्वजनिक गरेर सेयर मुल्य प्रभावित गर्न खोजेको भन्दै नेप्सेले कारवाही गरेको हो ।

नेप्सेलेजनाए अनुसार कम्पनीले धितोपत्र बिनियमावली २०७५ को बिनियम २२ बमोजिम भएको व्यवस्थाई उलंघन गरेको गरेको हो । कम्पनीले गत बिहिबार मात्र एक कित्ता सेयरबराबर सात सय रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

कारवाहीस्वरुप नेप्सेले युनिलिभरको सेयर कारोवार आज आईतबारको लागि स्थगन गरेको छ भने कारवाही गर्नुुृपर्ने र वा नपर्ने भए किन नर्पने भन्दै व्यवस्थापन संग २४ घण्टे अल्टिमेटम माग गरेको छ ।  कम्पनीले आर्थिकवर्ष २०७४/०७५ आ आर्जन गरेको खुद मुनाफाबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरण सम्बन्धी सञ्चालक समितिको बैंठकले गरेको निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने जानकारी कम्पनीले दिएको थियो । कम्पनीको पछिल्लो समय प्रतिकित्ता २४ हजार छ सय ६३ रुपैयाँमा सेयर किनबेच भएको थियो ।

अहिले बजार पुँजीकरण बढेर २२ अर्ब ७० करोड ७२ लाख २४ हजार एक सय रुपैयाँ पुगेको कम्पनीको नेप्सेमा नौ करोड २० लाख ७० हजार रुपैयाँ बराबरको नौ लाख २० हजार सात सय कित्ता सेयर सुचीकृत भएकाछन । हाल नेपालमा युनिलिभरले सनसिल्क लगायतका बिभिन्न किसिमका स्याम्पुु, लाईफ व्याय सावुुन लगायतका बिभिन्न बस्तुु बिक्री गर्दे आएको छ ।

प्रकाशित मिति: Sep 16, 2018

प्रतिक्रिया दिनुहोस्