Logo
५ मंसिर २०८१, बुधबार
(September 12, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्मला पन्त हत्या प्रकरण : मुख्य अभियुक्त साधारण तारेखमा छुटे

काठमाडौं : कञ्चनपुरकी बालिका निर्मला पन्त हत्या प्रकरणमा तत्कालीन प्रहरी नेतृत्वले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्ट साधारण तारेखमा छुटेका छन् ।

घटनामा शंकास्पद रहेर पक्राउ गरिएका बम दिदीबहिनीमध्ये बबिता बमलाई ३० हजार रुपैयाँ धरौटी र रोशनीलाई सादा तारेखमा रिहा गरिएको छ । रोशनी बम मृतक निर्मला पन्तकी साथी हुन् ।

तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले षड्यन्त्रपूर्वक दिलिपसिंह विष्टलाई फसाउन खोजेको भनेर कञ्चनपुरमा आन्दोलन भएको थियो । घटनामा संलग्नताबारे आवश्यक प्रमाण नपुगेको भनेर सरकारी वकिल कार्यालय कञ्चनपुरबाट विष्टलाई रिहा गरिएको छ ।

प्रकाशित मिति: Sep 11, 2018

प्रतिक्रिया दिनुहोस्