नव प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्च परिसरमै गएर स्वागात गरेपनि जोशीले पाएनन् पेशी
काठमाडौं : एकै दिनमा सुनुवाई, अनुमोदन भई सपथ लिँदै पदभार ग्हण गरेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मंगलवार आफ्नै तरिकाले पेशी तोका छन् ।
प्रधानन्यायाधीश मिश्रले मंगलबार नयाँ प्रधानन्यायाधीशका हैसियतबाट तोकिएको पेसी सुचिमा भने दीपकराज जोशीको नाम भने भेटिएन ।
प्रधानन्यायाधशीका लागि अस्वीकृत भएका दीपकराज जोशी सोमबारसम्म बिदामा थिए । यद्यपि मंगलबार बिहानै उनी सर्वोच्च अदालतमा आएका छन् । तर उनलाई कुनै मुद्दा हेर्न दिइएन ।
सर्वोच्च अदालतका एक न्यायाधीशका अनुसार मंगलबार जोशीलाई समेत पेसी तोक्दा अन्य न्यायाधीशले विरोध गर्ने वा इजलाश बहिष्कार गर्ने सम्भावना थियो । यस्तो अवस्थामा प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई संकट आउन सक्थ्यो ।
प्रधानन्यायाधीशले अन्य न्यायाधीशसँग छलफलसमेत गर्न भ्याएका थिएनन् । यस्तो अवस्थामा न्यायाधीश जोशीलाई मंगलबार कुनै पेसी नतोकिएको सर्वोच्च प्रशासनले बताएको छ ।
नव प्रधानन्यायाधीश मिश्रलाई सोमवार साँझ नै सर्वोच्च अदालत परिसर गएर प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश जोशीले स्वागत गरेका थिए ।