सर्वोच्चमा मिश्रलाई दीपकराज जोशीको स्वागत : सुनुवाई, अनुमोदन, सपथ, पदभार एकै दिन
काठमाडौं : राष्ट्रपति विद्या भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएर प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले सोमवार नै पदभार ग्रहण गरेका छन् ।
उनले सोमबार साँझ नै पदभार ग्रहण गरेका हुन् । सोवार दिउसो संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएका मिश्र सोमवार नै सपथ पनि लिएका हुन् ।
नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा अदालत परिसमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।
संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि जोशी विदा बसेका थिए । तर, मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै जोशी सर्वोच्च आएका छन् । उनले आफू भोलीदेखि नियमिति आउने बताएका छन् ।