Logo
३ माघ २०८१, बिहीबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारी आश्वासन समितिको कार्यविधि तयार

काठमाडौँ : राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफ्नो कार्यविधि तयार गरेको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४७ अनुसार समितिले तयार पारेको सो कार्यविधिमा समितिको बैठक अवधि सामान्यतयाः दुई घण्टा निर्धारण गरेको छ ।

समितिले आफ्नो कार्यक्षेत्रअन्तर्गतका विषयमा सम्बन्धित पक्षबाट परामर्श तथा सुझाव लिन सक्ने, उपसमिति, कार्यदल गठन गर्न सक्ने, कागजात झिकाउन तथा सम्बन्धित मन्त्रीलाई समितिमा उपस्थित गराउन सक्ने, स्थलगत अध्ययन, अनुगमन तथा भ्रमण गर्न सक्नेलगायतका बिषय कार्यविधिभित्र राखिएको बताइएको छ ।

यसैबीच कार्यविधिलाई अन्तिम रुप दिन समितिका सभापति रामनारायण विडारीको सभापतित्वमा आज बैठक बस्यो । बैठकमा समितिका अधिकांश सदस्यले सहमतिका आधारमा कार्यविधि तयार गर्न जोड दिनुभएको थियो । राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापति चयन पनि सहमतिका आधारमा नै भएको थियो ।

बैठकमा समितिका सदस्य राधेश्याम अधिकारी, सुमनराज प्याकुरेल, बलरामप्रसाद बास्कोटा र अगमप्रसाद बान्तवा राईले कार्यविधिमाथि सुझाव राख्नुभएको थियो । (रासस)

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्