Logo
३ माघ २०८१, बिहीबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइबार प्रधानसेनापति नियुक्त भएका थापा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं : प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र काठमाडौंस्थित भारतीय राजदूतावासका राजदूत मञ्जिभसिंह पुरीबीच भेटवार्ता भएको छ । सोमबार उनीहरुबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भेटघाटका क्रममा प्रधानसेनापति थापा र भारतीय राजदूतबीच द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको बताइएको छ । थापा आइबार प्रधानसेनापति नियुक्त भएका थिए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेकै भोलिपल्ट भारतीय राजदूत पुरी जंगी अड्डा पुगेका हुन् । भेटवार्तामा द्विपक्षिय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयहरुमा छलफल भएको सेनाले जनाएको छ ।

यसैबीच प्राड विवाकको ५६ औं बाषिर्क उत्सवको अवसरमा पाँच दिने लिगल सेमिनार तथा अन्तरक्रिया कार्यक्रम सोमबार नै सुरु भएको छ ।

अन्तरक्रिया कार्यक्रममा सबै पृतना हे.क्वा. बाहिनी अड्डाहरुमा कार्यरत प्राड अधिकृत तथा पदिकहरुलाई सहभागी गराई हालै लागु भएको देवानी तथा फौजदारी संहिता र कार्यविधिबारे छलफल हुनेछ ।  सेमिनारमा सहभागी प्राड रथीबृन्द, अधिकृत र पदिकहरुलाई प्रधानसेनापति थापाले निर्देशन दिने कार्यक्रम छ ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्