Logo
२ मंसिर २०८१, आईतबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुशे-औंसीको भोलीपल्ट १५ वर्षका गिर्वाण केसीले दिए मायालु पिताको शवमा दागबत्ती

काठमाडौं : अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका चालक नीश्चल केसीको अन्तिम संस्कार गरिएको छ । केसी सहित शनिबार नुवाकोटमा हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।

हिन्दुको पर्व कुशे औंसी अर्थात बाबुको मुख हेर्ने दिन भन्दा एक दिनअघि मात्र मायालु पिता गुमाएका १५ वर्षका गिर्वाण केसीले त्यही पर्वको भोलिपल्ट पशुपति आर्यघाटमा बाबुकाे शवमा दागबत्ती दिएछन् ।

दागबत्तीको लप्कोसँगै क्याप्टेन नीश्चलको पार्थिव शरीर पंचतत्वमा लिन भएको छ । झन्डै ८ हजार घण्टा हेलिकोप्टरको ककपिटमा बिताएका स्वर्गीय केसी नेपालका केही गिनेचुनेका ‘रेस्क्यु पाइलट’ मा गनिन्थ्ये ।

तर, उनले चलाएको हेलिकोप्टर दुर्घटना हुँदा उनलाई जिउँदै ‘रेस्क्यु’ गर्ने कोही भएन । बस्, सबै जना पशुपति आर्यघाटमा उनको शवलाई जलाउँदै उठिरहेको आगोको लप्कोलाई हेर्न विवस थिए ।

उनलाई पशुपतिसम्म बिदा गर्न आएकी धर्मपत्नी वैशाली शर्मा केसी र १२ वर्षकी छोरी देवांषी पनि थिए । अमेरिकामा रहेका क्याप्टेन नीश्चलका भाइ काठमाडौं आइपुगेपछि उनको दाहसंस्कार गरिएको हो ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्