ओम प्रकाश मिश्र : सुनुवाई, अनुमोदन, सपथ, पदभार ग्रहण एकै दिन
काठमाडौं : संबैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका ओम प्रकाश मिश्रले सोमबारै राष्ट्रपतिबाट सपथ लिने भएका छन् । संसदीय सुनुवाई समितिले सोमबार मिश्रको सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन गरेको थियो ।
ओम प्रकाश मिश्र अर्थात सुनुवाई, अनुमोदन, सपथ, पदभार ग्रहण एकै दिन भएको प्रधानन्यायाधीश सावित हुने भएका छन् । राष्ट्रपति कार्यलयका अनुसार मिश्रले सोमबार साढे ५ बजे राष्ट्रपतिबाट सपथ लिने तयारी भएको छ ।
सफथ लगत्तै मिश्रले आजै साढे ६ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले बताए ।
यसैबीच यसअघि संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अनुमोदन नभएका बरिष्ठतम न्यायाधीश दीपकराज जोशी भोलिबाट काममा फर्कने भएका छन् ।
हाल बिदामा रहेका बरिष्ठतम न्यायाधीश जोशीले आफु सोमबारसम्म विदामा बसेकाले मंगलबारबाट नियमित काममा फर्कने प्रतिक्रिया दिएका छन् ।