Logo
३ माघ २०८१, बिहीबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव, सिके राउतसहित सबै पक्षलाई वार्तामा आउन सरकारको औपचारिक आह्वान

काठमाडौं : सरकारले विप्लव नेतृत्वका नेकपा र स्वतन्त्र मधेश भन्दै आन्दोलन गरिरेका सिके राउत सहित सबै असन्तुष्ट-द्वन्द्वरत पक्षलाई वार्ताका लागि बोलाएको छ । सरकारद्वारा गठित सरकारी बार्ता टोलीले आज सिंहदरवारमा पत्रकार सम्मेलन गरी द्वन्द्वद्धरत सबै पक्षलाई वार्तामा आउन औपचारिक रुपमा आह्वान गरेको हो ।

पत्रकार सम्मेलनमा सरकार सबै प्रकारका द्वन्द्व निर्मुल गरी सहमतिका माध्यमबाट शान्ति, सहिष्णुता र सद्भाव कायम गरी समावेशी, समतामुलक, न्यायपूर्ण र अग्रगामी राज्य निर्माण गर्न तयार रहेको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताए । त्यस्तै सरकारले नेपाल सरकार असहमति, विवाद र द्वन्द्वलाई वार्ताकै माध्यमबाट टुङ्गो लगाउन तयार रहेको पनि जनाएको छ ।

वार्ता टोली संयोजक पाण्डेले संक्रमणकालिन अवस्थाका र पछिल्लो समयमा समेत रहेका र देखिएका असन्तुष्टि र असहमतिहरुलाई वार्तामार्फत सहमति र सम्झौता गर्न सरकारले कुनै कसर बाँकी नराख्ने जनाएका छन् । सरकारले गत भदौ ८ गते सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

यो टोलीलाई संक्रममणकालिन अवसथामा भएका मधेस आन्दोलन तथा अन्य आन्दोलन र सरोकारवालासँग नेपाल सरकारको तर्फबाट वार्ता गरी सहमति, सम्झौता र समझदारीका विषयमा अध्ययन विश्लेषण गरी कार्यान्वयन गर्नका लागि आवाश्यक सुझावहरु सरकारलाई पेश गर्ने अधिकार प्राप्त छ । खासगरी विप्लव नेतृत्वको नेकपा र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन सरकारका लागि चुनौतिको विषय बनिरहेका छन् ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्