Logo
५ मंसिर २०८१, बुधबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अर्काको एटिएम फ्रड गरी १४ लाख चोरेका ३ भारतीय सहित ठमेलबाट ४ जना पक्राउ

काठमाडौँ : ठमेलस्थित एक होटलबाट एटिएम फ्रड गर्ने कार्यमा संलग्न तीन भारतिय नागरिकसहित चार जना पक्राउ परेका छन् ।
प्रहरीलाई आएको विशेष सूचनाका अधारमा ‘अर्काको डाटा प्रयोग गरेर विभिन्न बैंकको एटिएमबाट पैसा निकाल्ने गिरोहलाई पक्राउ गरेको हो ।

एटिएम चोरीमा संलग्न भारतिय नागरिकहरु जिन्टु ज्वाए, विकास गोसाई, विटु गौतम र नेपाली नागरीक अनुज नकर्मीलाई सोमबार ठमेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख (SSP) बसन्त लामाले जानकारी दिए ।

भारतिय नागरिकहरुसँगै पक्राउ परेका क्षेत्रपाटी बस्ने नेपाली नागरिक अनुज नकर्मीले ब्रोकरको काम गर्दै आएको बताईएको छ । भारतीय नागरिक मध्येका केराला स्थायी घर भएका जिन्टु जुवाए आईटिका जानकार हुन् ।

उक्त समुहले विदेशी नागरिकको एटिएम डाटा ल्याएर नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक र टुरिजम बैंकको खाताबाट पैसा निकालेका थिए । करिब एक महिनादेखि ठमेलको एक होटलमा बसेर एटिएम चोरीमा संलग्न भारतिय गिरोह एटिएम चोरीको पैसा बोकेर क्यासिनो जाने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आइर्तबार रातभर एटिएम फ्रड गर्नेहरु मल्ल होटलको क्यासिनो बेलीमा जुवा खेलेर बसेपछि प्रहरीले उनिहरुलाई सोमबार विहान मात्र नियन्त्रणमा लिएको छ । यो गिरोहले एटिएम कार्डलाई ‘स्वाइप मेशिन’ मार्फत् स्वइप गरेर पैसा निकाल्दै आएका थिए । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको नाममा रहेका आधा दर्जन स्वाइप मेशिन, ल्यापटप र एटिएम कार्डहरु बरामद गरेको छ ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्