Logo
३ माघ २०८१, बिहीबार
(September 10, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजबाट भारतको पुणेमा सुरु भइरहेको “बिमस्टेक सैन्य अभ्यास” मा नेपाल पनि सहभागी हुने

काठमाडौँ : आजबाबाट भारतको पुनेमा सुरु भइरहेकोे “बिमस्टेक राष्ट्रका सैनिकहरुको संयुक्त युद्ध अभ्यास” मा नेपाल पनि सहभागी हुने भएक छ । यसअघि नेपाल सहभागी नहुने भनिएको थियो ।

भदौ २५-३१ सम्म हुने बिमस्टेक राष्ट्रका सैनिकहरुको संयुक्त युद्ध अभ्यासमा नेपालको तर्फबाट तीन सैनिक अधिकृत मात्र सहभागी हुने भएका छन् । यश अधि ३० जना जाने कार्यक्रम थियो । तर उनीहरुको सहभागिता अब पर्यवेक्षकको रुपमा मात्र सीमित हुनेछ।

बिमस्टेक शिखर सम्मेलन (१४-१५ भदौ) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुकले बिमस्टेक राष्ट्रका सैनिकहरुको अभ्यास गर्न लागेको बताएका थिए । तर यसबारे कुनै निर्णय भने भएको थिएन ।

तर, भारतले आयोजना गरेको सैनिक अभ्यासलाई ‘बिमस्टेक राष्ट्रका सेनाहरुको अभ्यास’ को रुपमा भारतले प्रस्तुत गर्न खोजेपछि नेपालले त्यसमा आफ्नो ऎतराजी राखेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (२२ भदौ) मा कामु प्रधानसेनापति पूर्णचन्द्र थापालाई बोलाएर सैनिक अभ्यासमा सहभागी नहुन निर्देशन दिएका थिए ।

भारतीय सेनाको ‘साउदर्न कमान्ड’ ले आयोजना गरेको सैन्य अभ्यास अर्ध-शहरी क्षेत्रमा हुनसक्ने आतंकवाद र उग्रवादको विस्तार नियन्त्रणको विषयमा केन्द्रित हुने बताइएको छ ।

त्यसबाहेक सैन्य अभ्यायकै क्रममा बिमस्टेक राष्ट्रका सेना प्रमुखहरुको सम्मेलनपनि आयोजना गरिएको थियो, जहाँ प्रधान सेनापति पूर्णचन्द्र थापाको सहभागी हुँदै थिए।

तर, प्रधानमन्त्रीको निर्देशनपछि प्रधानसेनापति थापा सो कार्यक्रममा उपस्थित नहुने भएका छन् भने नेपालको सहभागिता पर्यबेक्षकमा सीमित हुने भएको छ ।

प्रकाशित मिति: Sep 10, 2018

प्रतिक्रिया दिनुहोस्