Logo
३ माघ २०८१, बिहीबार
(September 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं हुँदै आइतबार सुटुक्क स्वदेश फर्किए राहुल गान्धी

काठमाडौं : मान सरोकार यात्राका लागि काठमाडौं हुँदै चीन पुगेका अखिल भारतीय कांग्रेस अध्यक्ष राहुल गान्धी आइतबार स्वदेश फर्केका छन् ।

गत भदौ १५ मा उनी काठमाडौं हुँदै ल्हासा पुगेका थिए ।एक सातापछि गान्धी आइतबार सुटुक्क काठमाडौं भएर दिल्ली फर्केका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्रोतका अनुसार अध्यक्ष राहुल आइतबार बिहान ल्हासाबाट काठमाडौं आएका थिए ।

उनी आइतबार दिउँसो करिब साढे दुई बजेको इन्डिगो एयरलाइन्सको उडानबाट दिल्ली फर्केका हुन् । उनी आठ रात तिब्बतमा बसेर नेपाल फर्केका हुन् ।

दुई जना बेलायती पासपोर्टधारी भारतीय मूलका साथीसहित गान्धी दिल्ली फर्केका हुन् ।

उनले पशुपतिनाथ मन्दिर दर्शन गरे कि गरेनन् भन्ने पुष्टि हुन सकेको छैन । तर पशुपतिनाथ मन्दिर दर्शन गर्ने उनको पूर्ववत योजना रहेको थियो ।

सर्वसाधारण नागरिक सरह उनले यात्रा गरेका थिए । उनी फर्केको थाहा पाएपछि इन्डिगो एयरका एक भारतीय यात्रीले तस्बिर खिचाएका थिए ।

गान्धी इन्डिगोको ६ इ ३२ उडानबाट अपरान्ह ३ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल दिल्ली अवतरण गरेका हुन् ।

गत भदौ १५ गते काठमाडौं आएका राहुल २२ घण्टापछि १६ गते दिउँसो तिब्बतको ल्हासा गएका थिए ।

उनी एयर चाइनाको नियमीत उडानबाट ल्हासा उडेका हुन् । ल्हासा हुँदै कैलाश मानसरोवर पुगेर उनले भगवान शिवको दर्शन गरेका थिए ।

कैलाश दर्शनका तस्बिर उनको आधिकारिक ट्विटर एकाउन्टबाट सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति: Sep 9, 2018

प्रतिक्रिया दिनुहोस्