Logo
३ माघ २०८१, बिहीबार
(September 9, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब चिन जान्छु, भारतको मेरो चारदिने भ्रमण निकै फलदायी भएको छ : प्रचण्ड

काठमाडौं : नेकपाका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारतको भ्रमण सकेर स्वदेश फिर्ता भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भारत भ्रमण निक्‍कै फलदायी रहेको बताए । भारतको भ्रमण पछि उनी असोज १ गते चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ ।

उनले भने, ‘ भारतको भ्रमण निक्‍कै फलदायी रह्‍यो। नेपालमा डुबानको समस्‍या देखि पश्‍चिममा बाटो बनाउने र विराटनगरमा भारतीय दूतावासको क्‍याम्प अफिस हटाउने विषयमा भारतका प्रतिष्ठित नेताहरुसँग सकारात्मक छलफल भयो। ‘

नेपालमा बलियो सरकार बनेको र स्थिरता आएको भन्‍दै भारतीय नेताहरुले समृद्धि र विसकामा भारत सधैं साथ दिने बताएको उनले पत्रकार सम्‍मेलनमा उल्लेख गरे ।

उनले भ्रमणमा रहँदा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेश मन्त्री सुष्मा स्वराजलगायत अन्य राजनीतिक व्यक्तित्वसँग भेटवार्ता गरेको बताएका थिए ।

प्रकाशित मिति: Sep 9, 2018

प्रतिक्रिया दिनुहोस्