दर खान गएका २०० स्थानीयको हस्पिटलमा बास, उपचार गराउन छैन बेड
काभ्रे : स्थानीय सहकारीले गरेको दर खाने कार्यक्रममा गएका काभ्रेका २०० भन्दाबढीलाई ‘फुड पोइजन’ भएको छ। फुड पोइजन भएका बिरामीलाई अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार धुलिखेल सामुदायिक अस्पतालमा ७० जना, शिर मेमोरियल अस्पताल बनेपामा ३३ जना, बनेपा हस्पिटलमा १० जना र २६ जनालाई काठमाडौं स्थित सिभिल हस्पिटलमा पठाईसकेको जनाएको छ भने बाँकीको स्थानीयस्तरमा नै उपचार भईरहेको छ।
काभ्रेका हस्पिटलहरूमा ती विरामीलाई उपचार गराउनको लागि ‘बेड’ को समेत अभाव भएपछि भुइँमै राखिएर उपचार भइरहेको छ।