नेपाली आकाशमा ३२ हेलिकोप्टर दुर्घटना, हेर्नुहोस् तस्बिरहरु
शनिबार बिहान भएकाे अल्टिच्युड एयरको दुर्घटनासहित हेलकाेप्टर दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । शनिबारको दुर्घटनाबाहेक २२ जना घाइते भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले सार्वजनिक गरेको एभिएसन सुरक्षा रिपोर्टमा उल्लेख छ । शनिबार भएको दुर्घटनामा परी ६ जनाको मृत्यु भएको ६ भने १ जना घाइते भएका छन् ।
नेपालमा पहिलो पटक सन् १९७९ मा लाङटाङमा भीआइपी हेलिकोप्टर दुर्घटना भएको थियो। यो दुर्घटनामा ६ जनाले ज्यान गुमाए। त्यस यता आज भएको दुर्घटनासहित नेपाली आकाशमा ३२ वटा हेलिकोप्टर दुर्घटना भएका छन्। यसका नेपाली सेनाका दुर्घटना भएका हेलिकोप्टर जोडिएको छैन ।
सन् २०१६ को मार्च महिनामा फिस्टेल एयरको हेलिकोप्टर लाङटाङ क्षेत्रमा दुर्घटनामा परेको भएपनि कुनै मानवीय क्षति भएको थिएन । नेपाली आकाशमा सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना भने ताप्लेजुङमा भएको थियो। सन् २००६ को सेप्टेम्बर महिनामा भएको श्री एयरको एमआइ-१७ हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन वन तथा भू–संरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको ज्यान गएको थियो ।
अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनास्थल नुवाकोटको दुर्गम बेत्रावती क्षेत्रबाट हामीलार्ई केही तस्बिरहरु प्राप्त भएका छन् । आज बिहादेखि हराइरहेको सो हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने एक जना महिलाको उद्धार गरिएको छ । धादिङका सुकराम तामाङले खिचेका यी दृश्यहरु हेर्नुहोस् :