Logo
५ मंसिर २०८१, बुधबार
(September 8, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ६ जनाको मृत्यु, एक जना बाच्न सफल

काठमाडौं : आज बिहान दुर्घटना भएको हेलिकोप्टर दुर्घटना परि ६ जनाको मृत्यु भएको छ भने एकजना बाच्न सफल भएको विमानस्थलले पुष्टि गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक प्रतापबाबु तिवारीले हेलिकोप्टरमा सवार आनी डोल्मा सकुशल रहेको बताए । हेलिकोप्टरमा ६ नेपाली र एक जापानी नागरिक सवार थिए ।

अल्टिच्युड एयरको इक्वेरल थ्री हेलिकप्टर बिहान ६ बजेर ५७ मिनेटदेखि सम्पर्क बिहीन भएको थियो ।

पाइलट निश्चल केसी, रामेछापका दिल्ली बहादुर गुरुङ, जापानी नागरिक हिरोमी कोमात्सु, दोलखाका छिरी शेर्पा, गोरखाका आनी डोल्पा डिकी, गोरखाका छेवाङ्ग नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ हेलिकप्टरमा सवार थिए ।

गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको हेलिकप्टर दुर्घटनामा परेको हो । नुवाकोटको म्यागङ गाउँपालिकाको जंगलस्थित दुर्घटनाग्रस्त स्थानमा एक टोली पुगिसकेको छ।

तर हेलिकोप्टरमा उद्धारका लागि गएको टोलीले भने ल्याण्ड गर्न सकेको छैन । जंगल र खराब मौसमका कारण हेलिकोप्टर ल्याण्ड गर्न समस्या भइरहेको तिवारीले जानकारी दिए।

प्रकाशित मिति: Sep 8, 2018

प्रतिक्रिया दिनुहोस्