Logo
३ माघ २०८१, बिहीबार
(September 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय पूर्वप्रधानमन्त्री देवेगौंडाले दिए प्रधानमन्त्री ओलीलाई बधाई

काठमाडौं : भारतीय पूर्वप्रधानमन्त्री एच.डी.देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ तथा धन्यवाद दिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीसँग भएको शिष्टाचार भेटवार्ताका क्रममा देवगौडाले बधाई तथा धन्यवाद दिएका हुन् ।

देवेगौडाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल-भारत सम्बन्धमा नयाँ उचाइमा पुर्याएको समेत बताए । भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको बताए ।

प्रधानमन्त्री ओलीले भने-‘दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीनवटा कुरामा उपलब्धी भएको छ । जलमार्ग,रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको छ ।’

प्रकाशित मिति: Sep 7, 2018

प्रतिक्रिया दिनुहोस्