Logo
३ माघ २०८१, बिहीबार
(September 6, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय कम्युनिष्टहरुको निमन्त्रणमा प्रचण्ड दिल्लीतिर, नेपाल-भारतबारे प्रवचन दिने

काठमाडौं : भारतीय कम्युनिष्ट विचारकहरुको आयोजनामा भइरहेको एक कार्यक्रममा भाग लिन भारत गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक मिसनमा पनि उतिकै ब्यस्त हुने भएका छन् ।

ती दिने भ्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल-भारत द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी गर्ने बुझिएको छ । भारतीय विश्व सम्बन्ध परिषद्को निमन्त्रणमा उनी आज दिउसोगएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका  ‘प्रचण्ड’ तीन दिने औपचारिक भ्रमणका लागि भारततिर लागेका हुन् ।  मोदीका अलावा उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाहलगायतका अन्य प्रभावशाली नेताहरुसँग भेट गर्ने कार्यक्रम छ ।

प्रचण्डले भदौ २२ गते शुक्रबार विश्व सम्बन्ध परिषद्ले गर्न लागेको ‘नेपाल-भारत सम्बन्धका भावी परिप्रेक्ष’ बारे प्रवचन दिने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । कार्यक्रममा कूटनीतिक एवम् सुरक्षा मामिला विज्ञ र नेपाल-भारत सम्बन्धका जानकार सहभागी हुने बतााइएको छ ।

प्रकाशित मिति: Sep 6, 2018

प्रतिक्रिया दिनुहोस्