Logo
३ माघ २०८१, बिहीबार
(September 5, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहुल गान्धीको २ प्रतिकृयात्मक ट्विट : ह्यासट्यागमा #KailashYatra 

कैलाश मानसरोवरको यात्रामा रहेका अखिल भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले ट्वीट मार्फत सेयर गरेको मानसरोवरको तस्बिर ।
काठमाडौँ : कैलाश मानसरोवरको यात्रामा रहेका अखिल भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले बुधबार २ प्रतिकृयात्मक ट्विट गर्दै ह्यासट्यागमा  सेयर गरेका छन् ।

उनले ट्वीटमा कैलाशले जसलाई बोलाउँछ उसैले यात्रा गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जब कैलाशले बोलाउँछ र जसलाई बोलाउँछ उ यात्रामा निस्कन्छ । यो अवसर पाएकोमा म निकै खुशी छु र यो सुन्दर यात्रामा देखिएका कुरा बाँड्न पाउँदा उत्साहित छु ।’ कैलाश यात्रा ह्यासट्यागमा उनले ट्वीट गरेका छन् ।

त्यसपछि गरिएको ट्वीटमा राहुलले कैलाश मानसरोवरको सुन्दर दुई तस्बिर पोस्ट गरेका छन् ।  त्यसमा उनले लेखेका छन्, ‘मानसरोवरको पानी निकै निस्चल र शान्त छ । यसले सबथोक दिन्छ र केही पनि गुमाउँदैन । जसले पनि यहाँको पानी पिउन सक्छ । यसमा घृणा छैन । यसैले हो हामीले यो पानीलाई पूजा गर्ने ।’

उनको यात्राको विषयलाई लिएर भारतीय राजनीतिमा ठूलै खैलाबैला भइरहेका बेला यात्रामा रहेका गान्धीले भने बुधबार बिहान प्रतिकात्मक ट्वीट गरेका हुन् । राहुलको धार्मिक यात्रालाई लिएर भारतीय जनता पार्टीले विभिन्नथरीका प्रश्न गर्दै आएको छ । सत्तामा रहेको भाजपाले राहुलको यात्रा धार्मिक मात्रै नभएर चीनसँगको सम्बन्धका रुपमा चित्रित गरेको थियो ।

तर अहिले उनको यात्रामा ‘भेज–ननभेज’ को विषयलाई केन्द्रमा राखिएको छ । राहुल गान्धी गएको शुक्रबार काठमाडौँ आएर बसेका थिए । भोलिपल्ट शनिबार उनी चीनको बाटो भएर मानसरोवर यात्रामा निस्किएका हुन् । उनले शुक्रबार राति नेवारी खाना खाएको कुरा बाहिर आएपछि त्यसमा ननभेज रहेको र धार्मिक यात्रामा निस्केका व्यक्तिले ननभेज खान नहुने भन्दै भारतीय मिडियामा यसलाई ठूलै विषय बनाइएको छ ।

प्रकाशित मिति: Sep 5, 2018

प्रतिक्रिया दिनुहोस्