Logo
२ मंसिर २०८१, आईतबार
(September 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२५ वर्षीय पार्वती थापाले अटो रिक्सामै बच्चा जन्माइन्

कैलालीको धनगढीमा एक महिलाले अटो रिक्सामै बच्चा जन्माएकी छन् । सुत्केरी व्यथा लागेर अटोरिक्सामा अस्पताल ल्याउदै गरेकी धनगढी उपमहानगरपालिका, १२ ए गाउँ जुगेडाकी २५ वर्षीय पार्वती थापाले मगलवार दिउँसो १ बजे अटो रिक्सामै बच्चा जन्माएकी हुन् ।

श्रीमान रोजगारीका सिलसिलामा भारतमा रहेका बेला उनलाई दिदी चन्द्रा थापाले अटोरिक्सामा अस्पताल ल्याउदै गर्दा बाटोमै बच्चा जन्मीएको हो । बच्चा जन्मिसकेपछि मात्रै उनलाई अस्पतालको प्रशुति कक्षभित्र लगिएको थियो ।

सेती अञ्चल अस्पताल पशसुति विभागकी नर्स लक्ष्मी शाहले बच्चा र आमाको अवस्था ठिक रहेको जानकारी दिएकी छन् । बच्चाको तौल ३ किलो रहेको छ । पार्वती थापाले अटो रिक्सामै बच्चा जन्माएपछि मानिसहरुको भिड लागेको थियो ।

प्रकाशित मिति: Sep 4, 2018

प्रतिक्रिया दिनुहोस्