Logo
३ माघ २०८१, बिहीबार
(September 4, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डोल्पामा उपचुनाव : धनबहादुर बुढाले राजिनामा दिएर बामदेवको बाटो खोल्ने

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टीभित्र नेता बामदेव गौतमलाई सांसद बनाउने तयारी भएको छ । प्रतिनिधिसभाको चुनावमा बर्दियाबाट पराजित गौतमलाई सांसद बनाउन पर्यटन राज्यमन्त्री समेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजिनामा दिन लगाउने तयारी भएको छ ।

सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उप–चुनाव गराउने र गौतमलाई उम्मेदवार बनाउने विषयमा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी शर्मा ओली सहमत भइसकेका छन् । नेता गौतमले पनि उपचुनाव लड्ने इच्छा देखाएका छन् । त्यसैगरी बुढाले पनि राजिनामा दिन तयार भइसकेको बताइन्छ ।

बुढालाई राजिनामा दिन लगाएर सरकारले डोल्पामा चुनाव गराउने छ । पर्यटनमन्त्री समेत रहेका सांसद बुढाले ११ हजार ७६१ मत ल्याएर बिजयी भएका थिए । उनी दोस्रो संविधानसभामा समेत राप्रपाबाट एमालेमा प्रवेश गरी चुनाव जितेका थिए । यार्शागुम्बाको कारोबार र ठेक्का पट्टामा संलग्न पर्यटनराज्यमन्त्री बुढा गौतम निकट नेताका रुपमा चिनिन्छन् ।

प्रकाशित मिति: Sep 4, 2018

प्रतिक्रिया दिनुहोस्