Logo
२ मंसिर २०८१, आईतबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुर सीटी हस्पिटलले जवरजस्ती राखेको १० दिने शिशुको ज्यान गयो

जनकपुरको रेल्वे स्टेशन स्थित सञ्चालित जनकपुर सीटी हस्पिटलमा १० दिने शिशुको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका १७ तेतरियाका सन्तोष महराका १० दिने छोराको आईतवार उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएको छ । शिशुलाई सीटी हस्पिटलमा एनआईसियुमा राखेर उपचार हुँदै आएको थियो । त्यहाँका चिकित्सकले यहिँ ठीक भइहाल्छ भनेर ढाँट्दै बाहिर उपचार गर्न लग्न नदिएको र चिकित्सककै लापरवाहीले शिशुको मृत्यु भएको शिशुका बुबा महराले आरोप लगाएका छन् ।

१० दिन अघि जनकपुर अञ्चल अस्पतालमा जन्मेका शिशुको अवस्था खराब भएपछि त्यहाँका एक चिकित्सकले यहाँ उपचार सम्भव नभएको भन्दै थप उपचारको लागि सीटी हस्पिटलमा पठाएका थिए ।  हस्पिटलले शिशुलाई एनआईसियुमा राखेर गरेको उपचार खर्च २ लाख ३ हजार रुपैयाँ पुर्याएको छ ।

बाहिर उपचार गर्न लग्न नदिएको र जवरजस्ती शिशुलाई यहिँ राख्न बाध्य पारेर मोटो शुल्क समेत जोडेको पीडित परिवारको आरोप छ । रुपैयाँ कमाउनकै लागि आफ्नो शिशुको ज्यान लिएको र बाहिर लग्न नदिएको महराले आरोप लगाएका छन् । उनले आफ्नो शिशुको ज्यान लिने हस्पिटललाई कार्वाहीको माग गरेका छन् ।

उक्त हस्पिटलमा शनिवार समेत एक शिशुको उपचारको क्रममा ज्यान गएको थियो । यता सीटी हस्पिटल सञ्चालक डा.रामनरेश पण्डितले आफुहरु भग्वान नभएको र सकेसम्म बचाउने प्रयास गर्दा समेत शिशुको ज्यान गएको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: Sep 3, 2018

प्रतिक्रिया दिनुहोस्