Logo
२ मंसिर २०८१, आईतबार
(September 3, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाइल्स भएर हैरान हुनुहुन्छ ? घ्यु कुमारी यसको अचूक औषधि

काठमाडौं : घ्यु कुमारीको गुदी पाइल्स रोगीका लागि निकै नै उपयोगी हुन्छ। पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ। त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३-४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ। काँचो केरा उसिनेर बिहान-बेलुका खाँदा पनि पाइल्स रोगीकालागि निकै फाइदाजनक हुन्छ ।

पाइल्स का रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ । मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ ।

यस्ता छन घ्यु कुमारीका फाइदाहरु :

  • घ्यु कुमारीमा १८ धातु, १५ एमिनो एसिड तथा १२ भिटामिन हुन्छ । जस्ले रगतको कमी हटाएर रोग-प्रतिरोधक क्षमता बढाउँदछ
  • घ्यु कुमारीको काँडादार पातलाई ताछेर यस्को रस निकाल्ने गरिन्छ । ३-४ चम्मच रस विहान खालिपेटमा लिनाले दिनभर शरीरमा चुस्ती फूर्ती रहन्छ ।
  • घ्यु कुमारीको जुस पिउनाले कब्जियत रहन्न ।
  • घ्यु कुमारीको जुस मेहंदीमा मिलाएर लगाउँनाले कपाल चमकदार र स्वस्थ हुन्छ ।
  • घ्यु कुमारीको जुस पिउँनाले शरीरमा सुगरको स्तर उचित रुपमा रहने गर्दछ ।
  • घ्यु कुमारीको जुसको सेवनले बवासीर, डायबिटीज, गर्भाशय को रोग तथा पेटको विकारलाई हटाउँने गर्दछ ।
  • घ्यु कुमारीको जुस पिउनाले छालाको खरावबी, मुहांसे, रूखी त्वचा, धुपबाट डडेको छाला, झुर्रियां, अनुहारको दाग धब्बा, आखाँको कालो घेरा हट्दछ ।
  • घ्यु कुमारी कोजुस पीउनाले मच्छडले टोकेर फैलने इन्फेक्शन कम हुन्छ ।
  • घ्यु कुमारीको जुसले रगत प्यूरीफाई गर्दछ । साथमा हीमोग्लोबिनको कमी पनि पुरा गर्दछ ।
  • शरीरमा ह्वाईट ब्लड सेल्सको संख्या बढाउँदछ ।

प्रकाशित मिति: Sep 3, 2018

प्रतिक्रिया दिनुहोस्